गायक परियारले किन मागे सरकारसँग क्षतिपूर्ती ? यस्तो छ कारण (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ भाद्र २०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । चर्चित गायक शिव परियारको नयाँ गीत ‘माया पिरतीमा क्षतिपुर्ती’ सार्वजनिक भएको छ । गायक शिवको ‘शिवालय’ एल्बममा समावेश ‘माया पिरतीमा क्षतिपुर्ती’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा बादल घिमिरेको शब्द रहेको छ भने घिमिरेकै संगीत रहेको छ । गीतमा संगीत संयोजन भने साहस शाक्यको रहेको छ । गीतमा अराज केशवको र्‍याप रहेको छ भने सन्जिव कुमार पौडेल, सुवास तिम्सिना, गोपाल ज्ञवाली र बालकृष्ण भण्डारीको कोरस रहेको छ ।

गीतको भिडियोमा टिक टक हुँदै नेपाली संगीतिक क्षेत्रमा अहिले चर्चामा रहेका जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा सँगैब अर्जुन फिचर्ड रहेका छन् ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईले क्यामेरा चलाएका छन् भने बिकास ज्ञवालीले भिडियोलाई सम्पादन गरेका हुन् ।
(भिडियो हेर्नुहोस्)

ताजा अपडेट

खोजी गर्नुहोस