‘छिछोरे’ले कमायो पाँच दिनमा ५४ करोड

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र २५, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाडौं– नितेश तिवारीको निर्देशन रहेको चलचित्र ‘छिछोरे’ले भारतीय बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पाँच दिनमा ५४ करोडभन्दा बढीको व्यापार गरेको हाे।

पहिलो दिन शुक्रबार ७.३२ करोडको मात्रै व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १२.२५ करोड, तेस्रो दिन आइतबार १६.४१ करोड, चौथो दिन सोमबार ८.१० करोड र पाँचौ दिन मंगलबार १०.०५ करोड गरी पाँच दिनमा ५४.१३ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्श ट्वीट गरेर जानकारी दिएका छन्।

दर्शक र विश्लेषकहरुले चलचित्र उत्कृष्ट भएको प्रतिकृया दिएका छन्। चलचित्रको ‘माउथ पब्लिसिटी’ राम्रो भएपछि चलचित्रको व्यापार घट्नुको साटो बढेको विश्लेषकहरुले बताएका छन्।

‘छिछोरे’मा सुशान्तसिंह राजपुत र श्रद्धा कपूरका साथै वरुण शर्मा, ताहिर राज भासिन, नविन पोलिशेट्टी, तुषार पाण्डे लगायतको मुख्य अभिनय रहको छ।

नितेश तिवारीले यसअघि आमिर खानको चलिचित्र ‘दंगल’को निर्देशन गरेका थिए। ‘दंगल’ बलिउडको सर्बाधिक सफल चलचित्र हो।

ताजा अपडेट

खोजी गर्नुहोस