भाद्र २८, काठमाडौं । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला र संस्कृतिको विकास ,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराकासाथ स्थापित नेपाल तामाङ कलाकार संघको छैटौं अधिवेशन तथा १२ औं साधारण सभाको समुद्घाटन भाद्र २८ गते शनिबार दिनको ठीक १२ बजे दी साँझ लन्जबार ,नयाँबस्ती,काठमाडौंमा प्रतिनिधि सभाका सांसद नविना लामाको प्रमुख आतिथ्यमा भब्य रुपमा हुने भएको छ ।
चर्चित नायिका चाँदनी मोक्तानले नेपाल तामाङ कलाकार संघको अधिवेशन तथा साधारण सभामा संघका पदाधिकारीहरु,चर्चित कलाकारहरु,संघका सदस्यहरु,सरोकारवाला महानुभावहरुको सहभागिता रहने जनाएकी छिन् ।