चर्चामा: ‘नजाउ तिमि हरामी हाँसेर’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र २८, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौं । बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा ‘नजाउ तिमि हरामी हाँसेर’ बोलको गीत सार्बजनिक भएको छ ।

ठट्यौली पारासँगै माया प्रेममा आधारित उक्त गीतको रचना तथा संगीत लाल भिमलालको रहेको छ भने स्वर दोर्जे तामांग र कुन्ता राइको रहेको छ । गीतको भिडियोलाई चलचित्र क्षेत्रका चर्चित द्वन्द निर्देशक अशोक खड्काले सनराइज फिल्मी संसारको पोस्ट प्रोडक्सनमा निर्देशन गरेका हुन् भने छायांकन रामसरण उप्रेतीको र कोरियो ग्राफी सुरेश पाण्डेको रहेको छ । गीतको भिडियो सम्पादन पछिल्लो पुस्ताका लोकप्रिय सम्पादक तथा उदयमान निर्देशक बिनोद बमले गरेका हुन्। निक्स शर्मा र बिभुति रिजाल अभिनीत उक्त गीत सार्बजनिक भएको छोटो समयमै अत्यन्तै राम्रो स्थान ओगेटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस