आइफा अवार्ड्स: उत्कृष्ट चलचित्र ‘राजी’, उत्कृष्ट अभिनेत्री आलिया भट्ट

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ३, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । २० वर्ष पछि भारतको मुम्बईमा बीसौँ संस्करणको आइफा अवार्ड्स २०१९ सम्पन्न भएको छ । समारोहमा अघिल्ला वर्ष आफ्ना फिल्महरुमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय सिनेमासँग आबद्ध कलाकारहरुलाई सम्मान गरियो ।

आइफा अवार्ड्समा यस वर्ष फिल्म ‘राजी’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ भने अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ बाटै उत्कृष्ट अभिनेत्रीको सम्मान पाएकी छिन् ।

यस्तो छ आइफा २०१९ का विजेताको सूचीः

उत्कृष्ट फिल्मः राजी

उत्कृष्ट अभिनेत्रीः आलिया भट्ट (फिल्म ‘राजी’)

उत्कृष्ट अभिनेताः रणविर सिंह (फिल्म ‘पद्मावत’)

उत्कृष्ट कथाः फिल्म ‘अन्धाधुन’

उत्कृष्ट निर्देशकः श्रीराम राघवन (फिल्म‘अन्धाधुन’)

उत्कृष्ट सह-अभिनेत्रीः अदिति राव हैदरी (फिल्म ‘पद्मावत’)

उत्कृष्ट सह-अभिनेताः विक्की कौशल (फिल्मः सञ्जु)

बेस्ट डेब्यू (अभिनेत्री): सारा अली खान (फिल्म ‘केदारनाथ’)

बेस्ट डेब्यू (अभिनेता): ईशान खट्टर (फिल्मः ‘बियोन्ड द क्लाउड्स’ र ‘धडक’)

लाइफटाइम अचिभमेन्ट अवार्डः अभिनेता तथा हास्यकलाकार जगदीप जाफरी

पछिल्लो २० वर्ष देखिकी उत्कृष्ट अभिनेत्रीः दीपिका पादुकोण

पछिल्लो २० वर्ष देखिकी उत्कृष्ट अभिनेताः रणबीर कपूर

पछिल्लो २० वर्ष देखिका उत्कृष्ट संगितकार: प्रितम

पछिल्लो २० वर्ष देखि निर्देशनमा उत्कृष्टः राजकुमार हिरानी (फिल्म ‘सञ्जु’)

पछिल्लो २० वर्षमा उत्कृष्ट फिल्मः कहो ना प्यार हे

उत्कृष्ट शब्द: ‘धडक’ गितका लागि अमिताभ भट्टाचार्य

उत्कृष्ट पार्श्व गायकः अरिजीत सिंंह (फिल्म राजीको ‘ए वतन’)

उत्कृष्ट पार्श्व गायिकाः हर्षदीप कौर र विभा सराफ (फिल्म राजीको ‘दिलबरो’)

ताजा अपडेट

खोजी गर्नुहोस