असोज ४, काठमाडौं । हलिउड अभिनेत्री केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौन शोषण गरेको खुलासा गरेकी छन्।
अमेरिकी टिन ड्रामा ‘रिवरडेल’ फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन्, ‘जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यसबेला यौन शोषणको सिकार भएकी थिएँ।’
उनी त्यसबेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन्। एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन्, ‘त्यो मेरो निर्क दर्दनाक तीतो अनुभव रह्यो। एक व्यक्तिले ड्रग्स दिएर मेरो यौन शोषण गरे।’