‘ट्रोल’को शिकार सोनाक्षी: भनिन यस्तो

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । सामाजिक संजालका कारण अहिले साना–साना बिषयमा पनि कलाकारहरु ट्रोलको शिकार हुन थालेका छन् । सामान्य कुरा लेख्दा वा बोल्दा पनि कलाकारलाई ट्रोल बनाउन थालिएको छ ।

अहिले बलिउड नायिका सोनाक्षी सिन्हा यस्तै एउटा ट्रोलको शिकार भएकी छिन् । नायक अमिताभ बच्चनले संचालन गर्दै आएको ‘कौन बनेगा करोडपति’ शोमा पुगेकी सोनाक्षीले रामायण सम्बन्धी एक सामान्य प्रश्नको जवाफ दिन नसकेको भन्दै उनलाई ट्रोल बनाइएको छ ।

सोनाक्षीले ट्रोल अत्याधिक बनेपछि यसको जवाफ दिएकी छिन् । उनले ट्विटरमा ट्विट गर्दै लेखेकी छिन्–‘प्रिय, सक्रिय ट्रोलर्स । मलाई पाइथागोरसको साध्य, मर्चेन्ट अफ भेनिस, मुगल सल्नतनका कालक्रम लगायत धेरै कुरा याद छैन । यदि, तपाइको माझ अरु कुनै काम छैन भने कृपया यो बिषयमा पनि ट्रोल गर्नुहोला । मलाई मीम्स मनपर्छ ।’

‘कौन बनेगा करोडपति शोमा उनलाई ‘रामायणका अनुसार, हनुमानले कसका लागि संजिवनी बुटि लिएर आएका थिए ?’ सोनाक्षीले यसको जवाफ दिन नसकेपछि उनी ट्रोलको शिकार बनेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस