नेहासँगको ब्रेकअप बारे मुख खोले हिमान्शले

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ७, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । चर्चित भारतीय गायिका नेहा कक्कर र हिमान्श कोहलीको प्रेमसम्बन्ध ९ महिना पहिले टुटेको थियो । दुवैबीचको यो ब्रेकअपको खबर अहिलेसम्म पनि चर्चामा छ ।

नेहाले सामाजिक सञ्जालमार्फत ब्रेकअपको बेदना पोखेकी थिइन् । ब्रेकअप पछि नेहा डिप्रेशनको शिकार पनि भएको बताइन्छ । अब हिमान्श कोहलीले नेहासँग ब्रेकअप भएको बारे मुख खोलेका छन् ।

हिमान्शले भनेका छन्, ‘जे हनु थियो त्यो भैसक्यो, म त्यसलाई बदल्न सक्दैन, म अहिले पनि उनलाई सम्मान गर्छु र उनको भलाईको कामना गर्छु ।’

‘खराब समयमा पनि हामीले एकअर्काप्रतिको सम्मान कम गरेनौँ, उनी शानदार कलाकार हुन्, र सुन्दर नारी हुन् । मेरो मात्र यहि चाहना छ कि जिन्दगीमा जे उनले चाहन्छिन् त्यो उनलाई प्राप्त होस् । सुस्वास्थ्य र खुसीले उनको झोली भरियोस्’, हिमान्शले अन्तर्वार्तामा भनेका छन् ।

नेहासँग ब्रेकअपपछि काम गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा हिमान्शले भने, ‘अवश्य गर्छु, किन नगर्ने ? म काम गर्दैन किन भनौँला ? यदि राम्रो अफर आयो भने एक व्यवासायिकताका हिसाबले हामी फेरि काम गर्नेछौँ ।’

नेहा र हिमान्शले रियालिटी शोमा आफ्नो रिलेशनको घोषणा गरेका थिए । त्यसको केही समयपछि उनीहरु अलग भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस