सन्नीको अभिनयमा नयाँ कामसूत्र

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन १०, शुक्रबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । रागिनी एमएमएस–२ स्टार सन्नी लियोनीले कामसूत्रको नयाँ भर्सनमा अभियन गर्ने भएकी छन्। भारतीय पत्रिका मिडडे टाइम्सका अनुसार एकता कपुरको सो वेब सिरिजमा ‘हट’ सन्नीले अभियन गर्ने करिब पक्का भएको छ।

सन्नीले फिल्मको कथाबस्तुबारे एकताबाट जानकारी लिइसकेकी छन्। वात्सायन रचित कामसूत्र पूर्वीय समाजमा यौनशास्त्रको रुपमा पनि चर्चित रहेको छ।

सन्नीले सो फिल्ममा १३ औँ शताब्दीतिर राजस्थानमा रहने गोली जातको महिलाको भूमिका निभाउने छिन्। गोलीहरु सो बेला राजाको रखैलको भूमिकामा रहन्थे। कामवासनासँग जोडिएको कामसूत्रलाई आधार बनाएर यसअघि पनि केही सिनेमाहरु बनेका छन्।

रेखा र ईन्दिरा वर्मा अभिनित कामसूत्र: अ टेल अफ लभ यही पुस्तकमा आधारित छ। मिरा नायरले निर्देशन गरेको यो फिल्मले केही अन्तर्राष्ट्रिय पुरस्कार जिते पनि भारत र पाकिस्तानमा भने प्रदर्शनमा रोक लगाइएको थियो। एजेन्सीहरु

ताजा अपडेट

खोजी गर्नुहोस