असोज १२, काठमाडौं । चलचित्र चपली हाईट’मा बोल्ड अभिनय गरेर चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् ।
केही बर्षयता देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् ।
तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी उनले फेसबुकमा ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् ।
पछिल्लो समय कृषि पेसा र किताब लेखनमा रहेकी विनिताले अमेरिकी ग्रीन कार्ड होल्डर स्याङजाका तिलक पौडेलसँग गतसाल विहे गरेकी हुन ।
अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा उनीहरुको विहे भएको थियो ।