असोज १६, काठमाडौं । एक समय बलिउड नगरीमा अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीको अफेयरको खबरले खुबै चर्चा पाएको थियो । टाइगर र दिशाका फ्यानले पनि उनीहरुलाई सँगै देख्न चाहन्थे ।
उनीहरू विगत तीन वर्षअघिदेखि डेट गरिरहेका थिए । तर, उनीहरू आफ्नो प्रेमसम्बन्धका बारेमा खुलेर कुरा गर्न रुचाँउदैन थिए । केही समयअघिदेखि टाइगर र दिशाको अफिसियल्ली ब्रेकअप भइसकेको छ । उनीहरूको सम्बन्धमा खटपट आएकाले गर्दा उनीहरूले एकअर्काको सहमतिमै छुट्टिने निर्णय लिएका हुन् ।
समाचारअनुसार बागी–२ रिलिजको बेला दुवैको डेटिङको खबरले खुबै चर्चा पाउएको थियो । फिल्मले निकै राम्रो व्यापार गरेको पनि थियो ।
अब बागी–३ तीन निर्माण हुने भएको छ, जसमा टाइगरसँगै दिशा पनि देखिने भएकी छिन् । फिल्म २०२० मा रिलिज हुँदैछ । टाइगर श्राफ र दिशा पटानीले ‘हिरो पन्थी’, ‘बागी २’ लगायतका फिल्ममा स्क्रिन शेयर गरेका छन् ।