आजदेखि दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन २८, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ सुरु हुँदैछ।

दक्षिण एशियाली राष्ट्र र चिनियाँ साहित्यको विकासको लागि सन् २०१५ मा दक्षिण एशियाली राष्ट्र र चीनका साहित्यिक प्रतिष्ठानहरु मिलेर सञ्जाल बनाएका थिए। यही सञ्जालको आयोजनामा ‘दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन – २०७६’ काठमाडौँमा आयोजना हुन लागेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतिले यो सम्मेलनले वर्तमान विश्वका प्राज्ञिक प्रवित्तिहरुसँग नेपाली स्रष्टा–द्रष्टा र लेखकहरुलाई परिचित गराउने उद्देश्यले अन्तराष्ट्रिय स्तरकै गोष्ठी, सम्मेलन र अन्तक्रिया कार्यक्रम आयोजना गर्ने क्रममा यो साहित्य सम्मेलन पनि आयोजना भएको हो।

सन् २०१७ मा ‘प्रथम चीन र दक्षिण एसिया साहित्य सम्मेलन – २०१७’ चिनको छेन्दुमा भएको थियो। आजदेखि हुने सम्मेलनमा भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक संघ, पाकिस्तानको पाकिस्तानी एकेडेमी अफ लेटर्स, बङ्गलादेशको बाङ्ग्ला एकेडेमीसँग दुईपक्षिय साहित्यक आदानप्रदानका हुने भएको छ।

६ दिने सम्मेलनमा दक्षिण एशियाका विभिन्न राष्ट र चीनका विभिन्न साहित्यिक व्यक्तिको सहभागिता हुनेछ भने यहाँ विभिन्न कार्यपत्र प्रस्तुत हुने छ। असोजको २८, २९ गते विभिन्‍न विषयमा प्रतिष्ठानकै कार्यलयमा गोष्ठी हुनेछ, ३० गते नेपाल पर्यटन बोर्डको तर्फबाट ‘नेपालमा साँस्कृतिक पर्यटनको सम्भावना’ विषयमा चन्द्रागिरीमा गोष्ठी हुनेछ भने बाँकीको तीन दिन विदेशी पाहुनालाई पोखराको विभिन्न ठाउँमा प्राकृतिक दृश्यावलोकन, पुरातात्विक र साँस्कृतिक स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलिले गर्नेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस