आयुष्मान खुरानाकाे पारिश्रमिकमा ५ गुणाले वृद्धि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । आरजे भिजे हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेका बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक बढाएका छन ।

भारतीय मिडियाका अनुसार आयुष्मानले लगातार ७ ओटा फिल्म सफल भएसंगै उनले आफुले लिइरहेको पारिश्रमिकमा ५ गुणाले वृद्धि गरेका हुन् ।

हाल प्रति फिल्ममा काम गरेबापत २ करोड पारिश्रमिक लिएका उनले अब भने प्रति चलचित्र १० करोड भारु लिने भएका छन।

सन् २०१२ मा चलचित्र बिक्की डोनर मार्फत बलिउड डेब्यु गरेका आयुष्मानले हालसम्म १२ ओटा चलचित्रमा काम गरेका छन। ति मध्ये उनको जम्माजम्मी ३ ओटा फिल्म मात्र बक्स अफिसमा असफल भएको छ।

हालै मात्र उनि अभिनित चलचित्र ड्रिम गर्ल बक्स अफिसमा सुपरहिट साबित हुन पुगेको छ। यो संगै आयुष्मान अभिनित चलचित्र बाला प्रदर्शनको क्रममा रहेको छ। यस चलचित्रमा उनी कपाल नभएका एक पात्रको भूमिकामा देखिदैछन्। एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस