कार्तिक ७, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टाको भेट हालै अभिनेता ऋतिक रोशनसँग भयो । उनले ऋतिकसँगको भेटको एक तस्वीर इन्स्टाग्राममा शेयर गर्दै तस्बीरको क्याप्सनमा ‘कोइ मिल गया’ लेखिन् । उनीहरू दुवैका प्रशंसकले यो तस्बीर साह्रै रुचाएका छन् ।
प्रीति र ऋतिक अभिनीत फिल्म ‘कोइ मिल गया’ सन् २००३ मा प्रदर्शनमा आएको थियो । यसैले प्रीतिले फोटोमा कोइ मिल गया लेखेकी हुन् ।
प्रीतिले पछिल्लो समय आफूलाई फिल्मबाट अलग गरी सम्पूर्ण ध्यान आईपीएलमा लगाएकी छन् ।
गत वर्ष प्रीति अभिनीत फिल्म ‘भैयाजी सुपरहिट’मा देखिएकी थिइन् । सनी देवलसँगको उक्त फिल्मले कुनै चर्चा भने कमाउन सकेन ।
त्यसपछि उनी फेरि फिल्म क्षेत्रबाट टाढिएकी छन् । उता ऋतिक भने फिल्म ‘वार’को कमाइले चर्चामा छन् ।