र्‍यापर भिटेन रिहा भए

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । भिटेनका नामले चर्चित र्‍यापर समिर लामा घिसिङ रिहा भएका छन् ।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ ।

भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको थियो ।

उनलाई युट्युबबाट भने गीत हटाउन भनिएको थियो । केही दिनअघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस