अक्षय कुमारको ‘गुड न्यूज’ को फस्ट लूक सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाडौं । अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को फस्ट लूक सार्वजनिक गरिएको छ । अक्षयले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वज्निक गरेका हुन् ।

एक पोस्टरमा अक्षय कुमार दुई युवतीको बेबी बम्पमा फसेको देख्न सकिन्छ । यसै वर्षको क्रिसमस पारेर रिलिज हुने यो फिल्मले दर्शकलाई फिल्मप्रति आकर्षित बनाउँछ ।

दोस्रो पोस्टरमा करीना कपूर र कियारा आडवाणी पनि अटाएका छन् । दुवै नायिकालाई बेबी बम्पसहित देख्न सकिन्छ ।

यो फिल्ममार्फत अक्षय र करीना झण्डै ९ वर्षपछि एकसाथ देखिँदैछन् । यसअघि यी दुईले कमबख्त इश्कमा रोमान्स गरेका थिए ।

फिल्मको कहानी सरोगेसीमा आधारित छ । पोस्टरसँगै दर्शकले फिल्मको प्रतीक्षा गर्न थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस