निक र प्रियंकाले खरिद गरे लस एन्जल्समा मंहगो घर !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाडौं । अमेरिकन गायक तथा अभिनेता निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडाले नयाँ घर किनेको खबर बाहिर आएको छ ।

यो जोडीले अमेरिकाको लस एन्जल्समा नयाँ घर किनेको हो । जुन घरको मूल्य २० मिलियन डलर (नेपाली रुपैयाँ २ अर्ब ३० करोडभन्दा बढी) रहेको छ ।

स्रोतका अनुसार घर २० हजार स्कायर फिटमा फैलिएको छ । घरमा ७ बेडरुम छन् भने ११ वटा बाथरुम छन् । यस्तै घरमा स्वीमिङ पुल पनि छ ।

साथै घरमा मनोरञ्जनका लागि इन्डोर बास्केटबल कोर्ट, लाउञ्ज एरिया, गेम रुम लगायतका मनोरञ्जनका माध्यम छन् । घरमै फिल्म थिएटरका साथै जिम एरिया पनि छ ।

यो घरभन्दा केही पर निक जोनसका दाइ जो जोनसको पनि घर छ । उनले उक्त घर १४ मिलियन डलर्समा खरिद गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस