मंसिर १, काठमाडौं । ‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’मा पनि दोहोरिने पक्का भएको छ ।
शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । होम प्रोडक्सनको सिनेमामा सुहना यसअघि नै फाइनल भैसकेकी थिइन् ।
झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । चलचित्र माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने चलचित्रको अन्य कास्ट एण्ड क्रु फाइनल हुन बाँकी छ ।