मंसिर १, काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आफ्नो ३० औँ वर्षको फिल्मी करियरमा १०० चलचित्रमा अभिनय गरिसकेका छन् । उनको १००औँ चलचित्र ‘तानाजी द अनसंग वारियर’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।
सार्वजनिक पोस्टरमा अजय मराठी योद्धाको रूपमा देखिएका छन् । उनको पगडीको छेउमा आगो लागेको छ । सार्वजनिक पोस्टर सँगै आजयकी पत्नी काजोलले पोस्टर सेयर गर्दै लेखेकी छिन्, ‘३० वर्ष र १०० औँ फिल्म । फुल और काँटे देखि लिएर गोलमाल, शिवाय र तानाजी सम्म आइपुग्दा आफ्नो मेहनतले जीत हासिल गरेको छौ । सबै फिल्मको क्यारेक्टर कहीँ न कहीँ तिम्रो नजिक आइपुग्छ । १०० फिल्म बर्थ डेको बधाई ।’
ओम राउतले निर्देशन गरेको चलचित्रमा अजयसँगै काजोल र सैफ अलि खानको पनि अभिनय रहेको छ । सैफ उदय भानको भूमिकामा देखिदैछन् भने काजोल सावित्री मालुसरेको भूमिकामा देखिदैछिन् ।