‘चुरीफुरी’ को लागी कलाकार छनोट कार्य सुरु

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । ऋषिराज आचार्यको निर्देशनमा बन्ने चलचित्र ‘चुरीफुरी’ को लागी कलाकार छनोट कार्य सुरु भएको छ ।

शुक्रवार गरिएको पहिलो चरणको कलाकार छनौट अडिसनबाट निर्माण प्रक्रिया अघि बढेको हो । अडिसनमा दुई सयभन्दा बढी नयाँ अनुहारले सहभागिता जनाएको निर्देशक आचार्यले बताएका छन् । अडिसनमार्फत ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री र केही सह-कलाकार छनोट गरिने उनको भनाई छ ।

पहिलो चरणको अडिसनमा केही कलाकार छनोट गरिएको छ । आचार्यले गत वर्ष चलचित्र ‘ड्रिम गर्ल’ बनाएका थिए भने चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उनले एकसाथ दुई चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ को निर्माण घोषणा गरेका थिए । तर निर्माण घोषणाको लामो समयसम्म पनि निर्माण कार्य अघि नबढ्दा चलचित्र नै बन्ने नबन्ने अन्योल रहेको थियो । निर्माण घोषणाको एक वर्ष पछि चलचित्रको लागी कलाकार छनौट प्रक्रिया सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस