‘लोक दोहोरी प्रतिष्ठान निर्वाचन :अध्यक्ष पदको लागी खत्री र बिजी मैदानमा !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर ९, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ९,काठमाडौँ । पोखरामा ‘राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल’को सातौ महाधिवेशन चलिरहेको छ । लोक तथा दोहोरी प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ । त्यसैको लागि अहिले पोखरा चुनावमय भएको छ ।कलाकारहरु आफूले रुचाएको उम्मेदवारलार्य भोट माग्न व्यस्त छन् । आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।

केही पदको लागि भने कलाकारहरु निर्विरोध चयन भएका छन् । जसमा वरिष्ठ उपाध्यक्षदेखि सह–कोषाध्यक्षसम्म छन् । वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन् ।

त्यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् भने द्धितिय उपाध्यक्षमा रामजी खाँड चुनिएका छन् । महिला उपाध्यक्षको कोटामा गायिका राधिका हमाल पुनः निर्विरोध भएकी छिन् ।

महासचिव, उप महासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् भने शंकर वीसी र शिव हमाल उप–सचिव निर्वाचित भएका छन् । सांगठनिक सचिव तर्फ खुमन अधिकारी निर्विरोध भए । महिला सचिवको पदमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छिन् ।

सह–कोषाध्यक्ष पदको लागि पूर्णकला वीसीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध विजयी भएकी छिन् । अध्यक्ष पदको लागि भने रमेश विजी र विष्णु खत्री चुनावी मैदानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस