अफ्रिकी युवतीले जितिन २०१९ को विश्व सुन्दरीको ताज

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २३, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । आइतबार सम्पन्न विश्व सुन्दरी (मिस युनिभर्स)काे ताज अफ्रिकी युवतीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन ।

महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । उनले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन ।

“म यस्तो संसारमा हुर्केँ जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ,” भाषणमा विजेता तुन्जीले भनिन ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनले ताज पहिरिएकी थिइन । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस