न्यूड सिनमा पश्चाताप छैन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २३, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । एमिलिया क्लार्क चर्चित वेब सिरिज ‘गेम अफ थ्रोन्स’ मा डेनेरियस टार्गेनियनको चरित्र निर्वाह गरेर दर्शकको मन जित्न सफल भएकी हलिउड अभिनेत्री हुन् ।

उक्त सिरिजमा क्लार्कको अभिनयलाई मन पराइएको थियो । यद्यपि, उक्त सिरिजमै उनको न्यूड सिनलाई लिएर सधैं चर्चासमेत हुने गरेको छ । अहिले आएर क्लार्कले उक्त सिनका बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

हिट म्यागेजिनलाई एउटा अन्तर्वार्ता दिँदै क्लार्कले भनेकी छिन्– ‘छायांकनको क्रममा हामी सधैं रमाइलो गर्‍यौं, अत्यधिक मदिरापान गर्‍यौं, क्रिसमस मार्केटको सिनमा मात्र होइन, अरू ठाउँमा पनि हामीले मस्ती गरेका थियौं ।’ त्यसो क्लार्कले न्यूड सिन आफूले इच्छाले नभई दबाबमा आएर गर्नुपरेको समेत उल्लेख गरेकी छिन् ।

‘मलाई न्यूड सिन गर्न अथवा सिरिज छाडेर जाने विकल्प दिइएको थियो, उनी भन्छिन्– ‘मैले पहिलो विकल्प रोजें ।’ उनले पहिलो सिजनको समयमा न्यूड सीन दिन निकै असहज भएको समेत बताएकी छिन् । अहिले आएर आफूले उक्त सिन दिएको कुनै पश्चाताप नभएको समेत उनको भनाइ छ । ग्रेम अफ थ्रोन्सको आठौं तथा अन्तिम सिन गत अप्रिल महिनामा प्रसारण भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस