सलमान खानको विवाहको प्रश्नमा यसो भन्छन् उनका दाइ

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २७, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । बलिउड अभिनेता सलमान खानको विवाहको प्रश्नले उनका जेठा दाइ अरबाज खान दिक्क भएका छन् ।

अरबाजकी पत्नी मलाइका अरोरा खानले दुई वर्षअघि सम्बन्धविच्छेद गरेपनि अरबाजलाई पनि अर्को विवाह कहिले हुन्छ ? भनेर प्रश्न गर्न थालिएको छ ।

नयाँ फिल्म ‘दबंग–३’ तीन सातापछि रिलिज हुँदैछ । यही फिल्मको पत्रकार सम्मेलनमा दर्शकले सलमान खानको बिहे अब कहिले हुन्छ भन्ने प्रश्न दबंग ३ का निर्माता अरबाज खानलाई सोधे ।

विगत २५ वर्षदेखि आफूले यही प्रश्नको जवाफ दिनुपरेको र जवाफ दिँदादिँदा दिक्क भएको अरबाज खानले बताएका छन् ।

‘सलमान खानले कहिले विवाह गर्छन भनेर हाम्रो परिवारलाई तपाईंहरूले जस्तै सबैले प्रश्न गर्छन् । तर यसको जवाफ हामीसँग छैन र सलमान आफैंले दिनुपर्छ,’ उनले भने, ‘यो प्रश्न सुन्दासुन्दै हाम्रो पूरा जिन्दगी बित्न लागिष्सक्यो । तापनि मानिस अझै प्रश्न गर्न थाकेका छैनन् ।’ राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस