सञ्जय दत्तकाे फिल्म ‘पानीपत’ प्रदर्शनमा राेक, कारण यस्तो!

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २७, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । बलिउड अभिनेता अर्जुन कपुर, सञ्जय दत्त, कृति सेनन अभिनित फिल्म ‘पानीपत’को राजस्थान, हरियाणा लगायतका राज्यमा प्रदर्शन गर्न दिइएको छैन ।

राजस्थान, हरियाणालगायतका राज्यका जाट समूहले आफ्ना पूर्वज महाराजा सुरजमललाई लोभी, कपटी, ठगजस्तो पात्रको रूपमा प्रस्तुत गरेपछि इतिहासमाथि अपमान गरियो र महाराजालाई बदनाम गरियो भन्दै यो फिल्म प्रदर्शनमा रोक लगाएका हुन् । यो फिल्म प्रदर्शन गर्ने हलमा उनीहरूले तोडफोड र आगजनीसमेत गर्दै आएका थिए ।

यसरी केही राज्यमा फिल्म ‘पानीपत’को व्यापक विरोध भएपछि निर्देशक आशुतोष गोवारिकरले यो फिल्मबाट ११ मिनेटको दृश्य हटाएर बिहीवारबाट फिल्मलाई सो क्षेत्रमा फेरी प्रदर्शन गरेका छन् ।

राजा सुरजमनलाई बदनाम गरियाे भनिएको ११ मिनेटको दृश्य आफुहरूले हटाएको उनले बताएका छन्।  राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस