अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २७, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । यस वर्षको मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजना हुने मिस वल्डमा सहभागी हुँदै बिहिबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी छिन् ।

अघिल्लो संस्करणमा पनि नेपाली शृङ्खला खतिवडाले उक्त टाइटल जितेकी थिइन् । मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९औं मिस वल्र्ड प्रतियोगितामा १ सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गदैं छन् । अनुष्का यसअघि नै हेड टु हेड च्यालेन्ज राउन्डमा इन्डोनेसियाकी सुन्दरीलाई जितेर टप ४० मा परिसकेकी छन् । यसबाहेक उनी ब्यूटी विथ अ पर्पसको टप १० मा पनि परेकी छन् ।

प्रतियोगिताका लागि आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिती जनाउने उनुष्काले बताएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस