निर्माला पन्त घटनामा आधारित चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । निर्माला पन्त घटनामा आधारित चलचित्र कोपिलाुको ट्रेलर सार्वजनिक गरिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलाुत्कारपछि भएको हुत्याको विषयलाई लिएर तयार पारिएको चलचित्र कोपिलाुको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । ट्रेलरमा कोपिलाको बलात्कारपछि सरकारले हत्यारालाई पक्राउ गर्न नसकेको देखाइएको छ ।

https://youtu.be/UZgl3cMU3RA

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलको मूख्य अभिनय रहेको छ । यस चलचित्रको रिलिज मिती भने सार्वजनिक भएको छैन । यस चलचित्र ८० लाखको लगानीमा निर्माण भएको जनाइएको छ । चलचित्रमा सरिता, गणेश, सन्जीवनीसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस