पौष २९, नुवाकोेट । माघ १ गते माघेसंक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारुकामा मल्लकालिन राज जयपृथ्वीबहादुर सिंहको पालादेखी चलिआएको गोरु जुधाई अहिले नुवाकोट रसुवा धादिङ र गोरखामा समेत फैलदै आएको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका ३ मा गोरु जुधाई मेलाको आयोजना हुने भएको छ ।
सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डको अगुवाईमा ५६ हल गोरु जुधाइको तयारी भएको जानकारी स्थानिय आयोजकहरुले गराएका छन । रसुवा, नुवकोट पर्यटन समाजले सोमबार राजधानी पत्रकार सम्मेलन तारुका गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए ।