माघ ६, काठमाण्डौ । अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् ।
रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो, पहेँलो, सेतो, कालो बिकिनी लगाएका तस्बिर बारम्बार पोष्ट गरिरहेकी छिन् । कहिले सिंगल फोटो हाल्छिन्, कहिले ग्रुप फोटो हाल्छिन्, कहिले क्यामरा फेस गरेको फोटो हाल्छिन् त कहिले पछाडि फर्किएको । फोटो हेर्दा यस्तो लाग्छ उनले थाइल्याण्डमा ‘फूल अन’ मस्ती गरेकी छिन् ।