माघ ६, काठमाण्डौ । चर्चित अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म शुभ मंगल ज्यादा सावधान को ट्रेलर सार्वजनिक गरिएको छ । हिटेश केवल्याले निर्देशन गरेको यस फिल्मको ट्रेलर सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा आयुष्मान खुराना लगायतका कलाकार देखिएका छन् । ट्रेलरमा प्रेम र कमेडी देखाइएको छ ।
यस फिल्मलाई भूषण कुमार र कृष्णकुमारको निर्माण गर्दैछन् । फिल्ममा आयुष्मान खुराना, गजराज राव, नीना गुप्ता, मानुषी चड्ढा, जीतु के लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म २१ फेब्रअरीमा रिलिज हुदैछ ।