म भन्दा नि-३ गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दुःख सुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।

आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि
धेरै माया गर्ने तिमीलाई पायौ कि त म भन्दा नि ।

जति सुन्यो जति हेर्‍यो हेरुँ हेरुँ अनि सुनुसुनु लाग्ने मर्मस्पर्शी हजारौं हजार गीतका रचनाकार सुरेन्द्र महर्जन अमर को रचनामा रहेको गीत म भन्दा नि ३ गायिका मेलिना राईको सुमधुर स्वरमा अनि पुरुषतर्फबाट गायक प्रदिप ग्लानको स्वरमा ओएस नेपाल र मेलोडी नेपालको प्रायोजनमा अडियो तथा म्युजिक भिडियो एकै चोटी सार्वजनिक भएको हो । एउटा गीतको कभर भिडियो र एउटाको अडियो भिडियो सार्वजनिक भएको छ ।

अडियो भिडियोको गीतको भिडियो पनि चाँडोभन्दा चाँडै सार्वजनिक गरिने कुरा ओएसनेपालको तर्फबाट विवेक कार्की र मेलोडी नेपालका तर्फबाट केशव विश्वकर्माले जानकारी दिनु भयो । गायक, एरेन्जर तथा संगीतकार पुष्कर सुनुवारको संगीतमा रहेको उक्त गीत अमर सङ्ग मा रहेको छ । गीतको छायांकन श्रीराज गौतमले गरेको थियोे ।

ताजा अपडेट

खोजी गर्नुहोस