अस्ट्रेलिया काण्डमा पीडित भन्दै नेपालमा उजुरी ? हेर्नुहोस् बास्तविकता

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

‘माघ ९, काठमाण्डौ । अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी गरेकी छिन् । अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको हो ।

सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड नेपाली युवतीको अश्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पोर्न क्लिप सार्वजनिक गरिएको छ । सो क्लिप नेपालीको भने हैन । पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो ।

उजुरीमा अश्लील भिडियोमा अनुहार देखिने गरी सानो क्लिप राखेको र सो भिडियो आफ्नो भन्दै सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएको उल्लेख भएको ब्युरो स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस