गायिका आस्था राउत पक्राउ !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ १३, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ १३,काठमाडौँ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए।

विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो। आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्।

त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन्। सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस