‘मायाको बजार’ सार्वजनिक गर्दै गायक प्रदीप रुपाखेती भन्छन्-“सँघर्ष गर्न अझ धेरै बाँकी नै छ”

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २३, धादिङ । धादिङका नव गायक प्रदिप रुपाखेतीको मायाको बजार बोलको आधुनिक गीत बजारमा आएको छ । गायक रुपाखेतीको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । माया गर्नेहरुको लागी माया नै किन्ने बेच्ने हुन्छ, बुझेर मात्र माया लगाउनुपर्छ भन्ने भाव बोकेको यो गीतमा अभिनय पनि रुपाखेतीकै रहेको छ । सबैसँग मिलनसार रुपाखेती धादिङको थाक्रे गाउँपालिका ११ मान्खुमा जन्मिएर आफ्नै माटो र देशलाई माया गर्दै स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका रुपाखेतीका बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका आधा दर्जनजति गित बजारमा आईसकेका छन् ।

बिल्कुलै नयाँ चोक गीतबाट गायन क्षेत्रमा प्रबेश गरेका रुपाखेतीले अहिलेसम्म आउँदा करिव आधा दर्जन गीत बजारमा ल्याईसकेका छन् । नेपालको परापुर्वकालदेखिको हिन्दु धर्मका हरेक सप्ताह, भागवत, भजन लगायतमा पनि गाएर अब्बल रुपाखेती अहिले आफ्नो गायनको क्षेत्रलाई पनि उत्तिकै महत्व दिएर अगाडी बढीरहेका छन् ।

आफ्नो पढाई देखि भागवत, सप्ताह, भजन लगायतमा पनि अब्बलता देखाउँदै बचेको समय उनले गीत सँगीतलाई दिएका छन् । गायक प्रदिप रुपाखेती भन्छन् गीत सँगीतमा लागेर छिट्टै पैसा कमाउँछु भनेर आउने हो भने त्यो कलाकार सफल नहुने बताउँछन् , उनी भन्छन् गीत सँगीतको क्षेत्रमा धेरै सँघर्ष गर्नुपर्छ, म पनि सँघर्षमा छु, । उनले थपे नयाँ आउने कलाकारहरुलाई यो क्षेत्रमा बिचार पुर्याएर आउनुपर्ने बताए ।

उनले गित सँगीतको क्षेत्रलाई अझै अब्बल बनाउन क्लासिकल भोकल लगायतका धेरै बिदाहरुमा सँगीत पनि सिकिरहेको बताउँछन् । आफ्नो अध्ययनलाई समेत अगाडी बढाउँदै रुपाखेतीले अझै सँघर्ष गर्न बाँकी रहेको बताए । उनले अझै धेरै गीतहरु बजारमा ल्याउने तरखरमा रहेका छन् । उनको पहिलो गित चोट, दोस्रोमा प्रदेशिको दसैँ तिहार लगायतका धेरै गीतहरु बजारमा आईसकेका छन् । उनले भने युट्युवमा प्रदिप रुपाखेतीको आफ्नै नामको च्यानबाट अहिले मायाको बजार बोलको गीत सार्वजनिक गरेका छन् । अब आउने गीतहरु पनि यसै च्यानलमा आउने भएकाले पनि सबैले माया गरेर च्यानल सस्क्राईव गरिदिन आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस