धुर्मुसको ‘सेन्टीभाइरस’को गीत ‘पार्टी जिताइदे’ यस्तो छ (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’को नयाँ गीत ‘पार्टी जिताइदे’ सार्वजनिक गरिएको छ । केही अगाडि मात्र छायाँकन गरिएको यो गीत निर्माण युनिटले प्रमोसन गीतको रुपमा बनाएको छ । चितववनको भरपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भित्र छायाँकन गरिएको गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुन्जाउँदै छायाँकन गरिएको छ ।

गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत थुप्रै कोरस पनि प्रयोग गरिएको छ । गीतमा फिल्मको केही महत्त्वपूर्ण दृश्य पनि समेटिएको छ ।
गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका हुन् । गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टी बिच भएको झगडा देखाउन खोजिएको छ ।

शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल ९भुर्मुस०, कुन्जना, सन्दिप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

२ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस