फागुन ६,काठमाडौँ । ज्योती फिल्मस् म्युजिक अवार्डको पहिलो संस्करण भर्खरै राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो। शहरी बिकास मन्त्री रामविर मानन्धरको प्रमुख आतिथ्यमा बरिष्ठ रचनाकार गायक हास्यकलाकार जयनन्द लामा लगायत बरिष्ठ ब्यक्तित्वहरुको निकै बाक्लो भेला थियो । ज्योती फिल्मस् म्युजिक अवार्डको यो संस्करणमा करिब ४६ वटा बिधामा अवार्ड बितरण गरिएको थियो। त्यसै अन्तर्गत लोक गायक अमृत भारतीले बर्षकै सर्बोउत्कृष्ट गित अवार्ड हात पार्न सफल भएका छ्न। मेरो प्यारो सिन्धुपाल्चोक बोलको गितबाट गायक अमृत भारतिले अवार्ड हात पारेका हुन।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा.न.२ मा जन्मिएका अमृत भारती सानैदेखी गित सङ्गितमा रुची राख्थे । गाउँ–घरमा मेलापात जादाँखेरी बेस्सरी गित गाउथे। पुजापाठ र जात्राहरुमा गित गाएर सबैलाई चकित पार्थे। उनि साहित्यका स्रष्टा सर्जक पनि हुन । निकै कबिता,गजल र मुक्तकहरु पनि लेख्थे। वि.स.२०७१ सालमा ‘अमृत’ नामक गजल संग्रह पकाशन गरेर सबैको मन जितिसकेका थिए। गजल संग्रह प्रकाशन गरेर जिल्लामै कान्छो गजलकारको रुपमा परिचित थिए।
नेपाली साहित्यका छेत्रमा उनको ठुलो योगदान रहेको छ। त्यो सगंसंगै साङ्गितिक छेत्रमा लागेर प्रहिलो गित कन्या राशीू बजारमा ल्याएका थिए। कन्या राशी गितको राम्रो चर्चाले गर्दा गायक भारतीले क्रमशः ‘मन परेको केटी’ , ‘हलो हुदैन’ ,’पशुपति नाथ’, ‘नाचिदेउ मायाले छम्म छम्म छम्म’ जस्ता गितहरु २ दर्जनभन्दा बढी ल्याइसकेका छन। बजारमा यक्दैमै चर्चा बटुल्न सफल गित ‘कन्या राशी’ ,’मेरो प्यारो सिन्धुपाल्चोक’ ,’मन परेको केटी’ ,’सुभदशै’ जस्ता गितहरुले दर्शक श्रोताको मन जितेको थियो। अघिल्लो बर्ष सम्पन्न नेशनल पावर न्युजले आयोजना गरेको अवार्ड पनि सर्वोत्कृष्ट गायकबाट अवार्ड जितेका थिए।
मेरो प्यारो सिन्धुपाल्चोक गितबाट मात्र २ वटा अवार्ड जितिसकेका छन। भारतीले लाखौं दर्शक श्रोताको मन जितेर साङ्गितिक छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका छन। गायक भारतीले आफ्नै म्युजिक कम्पनी समेत खोलेका छन । भारती पिक्चर्स प्रा.लि नामक म्युजिक कम्पनीले धेरै गितहरुलाई बजार ब्यबस्थापन गरिसकेको छ। छोटो समयमा निकै लोकप्रिय बनेका गायक भारती हसिलो सरल र सबैसंग मिलनसार छन।
उनको गाउने शैली पनि उत्कृष्ट छ। राष्ट्रिय सङ्गितकर्मी संघ जिल्ला शाखा सिन्धुपाल्चोकले आयोजना गरे जिल्ला स्तरीय खुल्ला दोहोरी गित प्रतियोगितामा द्वितिय भएका थिए।पहिलोपटक थियो त्यो उनको प्रतियोगिताको अनुभव । भेगिय हिसाबले पुर्ब सिन्धुपाल्चोकमा जन्मेका भएनी गायक भारतीले सुदुरपश्चिमाञ्चल तिर चल्ने भाका समेत सहजै गाउँछन । बर्सेनि ३/४ वटा उत्कृष्ट गित बजारमा ल्याएर दर्शकको मन जित्दै गयका छन । गायक भारतीले छिट्टै मेरो प्यारो सिन्धुपाल्चोक भाग २ ल्याउने जानकारी दिएका छन। मेरो प्यारो सिन्धुपाल्चोक गित एक बर्ष अघि मात्र पुर्ब सूचना तथा संचार मन्त्री अग्नि प्रसाद सापकोटाको हातबाट बिमोचन गरियको थियो। सोहि कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा रहेका करो १०० जनाभन्दा बढी कलाकारहरुलाई सम्मान गरिएको थियो । आशा छ गायक भारतीले अझै राम्रा सिर्जना बजारमा ल्याएर दर्शक श्रोताको मन जित्दै जानेछ्न। सुभकामना।