काठमाण्डौ । चाँदि कहाँ होला दोहोरी गीतले बजार पाए संगै बहुप्रतिभाका धनी गायक तथा सर्जक प्रकाश पराजुली चर्चामा आएका छन । बजारमा छोटो समयमा नै लाखौ दर्सक स्रोता को मनमा बस्न सफल चादी कहाँ होला दोहोरी गीत केही दिन अगाडि मात्र बजार मा आएको हो ।
धेरै एल्बमहरु बजारमा ल्याइसकेका बुलन्द आवाजका धनी प्रत्यक्ष दोहोरीका प्रखर गायक प्रकाश पराजुली स्याङ्जामा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आएका छन् । आज भन्दा केही दिन अगाडि मात्र बजारमा आएको चादी कहाँ होला दोहोरी गीतमा भने स्वर गायिका सन्जु न्यौपाने र गायक रबिन लामिछानेको रहेको छ । नबराज पन्त को शब्द प्रकाश पराजुली को संगीत ,कृष्ण बि क भान्जा को एरेन्ज र कुमार राना मगर को मिक्सिङ मास्टरिङ रहेको चादी कहाँ होला भिडियो सार्बजनिक भएको हो ।
मौसम हिमालिको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा, निसा न्यौपाने , जुना गुरुङ ओवि रायमाझी को अभिनय रहेको म्युजिक भिडियो लाई करण चौसिरको छायांकन रहेको छ भने भिडियो मा दृश्य सम्पादन मनोज कार्की ले गरेका गरेका छन ।
यो समाचार तयार पार्दा सम्म २ लाख ६४ हजार भन्दा बढी भ्युज कमाउन सफल भएको चादी कहाँ होला गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । चादी कहाँ होला गीत सन्जु न्यौपाने नामक ब्यक्तिगत युट्युब च्यानलबाट बजारमा आएको हो ।