काठमाडौं । युवा निर्देशक दिपेन्द्र कुमार खनालको पछिल्लो चलचित्र आमा फागुन ९ गते शिवरात्रीको दिन देखि राजधानी काठमाडौ लगायत देशका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । शनिवार काठमाडौको कुमारी हलमा भएको विशेष प्रदर्शनीमा चलचित्र कलाकार देखि विभिन्न दलका नेता, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिती थियो ।
शर्मिला पाण्डे द्वारा निर्मित चलचित्र आमा समसामयिक कथावस्तुमा आधारित छ । समाजमा नारीले खेल्ने विभिन्न तहको भुमिकाका अतिरिक्त पुरुषले निर्वाह गर्ने जिम्मेवारी समेत नारीले गर्न सक्छन् भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।
सामाजिक कथाका अतिरिक्त आजभोली ब्याप्त अस्पताल भित्रको व्यापारीकरण, बेरोजगारीका कारण बढी रहेको युवा पुस्ताको पलायन जस्ता विषय चलचित्रले उठान गरेको छ । चलचित्रका कथा लेखक तथा निर्देशक दिपेन्द्र कुमार खनाल सामाजिक बिषय उठाएर चलचित्र बनाउँदा आफूले ठूलो जोखीम मोलेको बताउँछन् । चलचित्र आमाले प्रदर्शन भएको हप्ता दिन नपुग्दै दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।