गायक प्रदिप रुपाखेतीले पाए हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • ६३ पटक पढिएको
Post Thumbnail

धादिङ । हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड थोरैले मात्र पाउने गर्दछन् । सँगीत तथा अन्य क्षेत्रमा बढी मेहनत गर्ने ब्यक्तिले मात्र पाउन सकिने अवार्ड धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ११ का गायक प्रदिप रुपोतीले हात पार्न सफल भएका छन् । गायक प्रदिप रुपाखेतीले चोट गितवाट नवगायक अवार्ड हात पार्न सफल भएका हुन् । आधा दर्जनभन्दा बढी आधुनिक गित बजारमा ल्याईसकेका रुपाखेतीले अहिले अवार्ड पाएपछि अझै उत्साह बढेको बताउँछन् । रास्ट्रिय नाचघरमा बितरण गरिएको अवार्डमा गायक रुपाखेतीसँगै अन्य राष्ट्रिय कलाकारहरुलाई बिभिन्न बिधामा समेत अवार्ड बितरण गरिएको थियो ।

गायक रुपाखेतीले बिषेश गरि आफ्नै लय, शब्द, सँगीत तथा स्वरमा गित गाउने गरेका छन् । सबैसँग मिलनसार रुपाखेती धादिङको थाक्रे गाउँपालिका ११ मान्खुमा जन्मिएर आफ्नै माटो र देशलाई माया गर्दै स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका रुपाखेतीका बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका आधा दर्जनजति गित बजारमा आईसकेका छन् ।

बिल्कुलै नयाँ चोट गीतबाट गायन क्षेत्रमा प्रबेश गरेका रुपाखेतीलाई यहि गीतले अवार्ड दिलाईदिएको छ । उनी अहिले खुसि छन् । आफुले गितमा गरेको मेहनत देखिदै गएको बताउँछन् । नेपालको परापुर्वकालदेखिको हिन्दु धर्मका हरेक सप्ताह, भागवत, भजन लगायतमा पनि गाएर अब्बल रुपाखेती अहिले आफ्नो गायनको क्षेत्रलाई पनि उत्तिकै महत्व दिएर अगाडी बढीरहेका ब्यक्ति हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस