रानी शाक्यको ‘को हो त्यो’ सार्वजनिक (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’ सार्वजनिक गरेकी छिन् । रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफूलाई मन पर्ने मान्छेले सपनामा आएर आफूलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ ।

गीतमा शब्द गोविन्द प्रसाद उपाध्यायको रहेको छ । बिक्रम थापाले संगीतवद्द गरेको गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् । सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । उनका ‘मेरो प्रियतम’ ‘हरपल तिम्रो’ ‘यो वैँशको मात’ ‘सुरुवात’ ‘पहिलो माया’ ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन । चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, अरुण तिवारी, सहदेव ढुंगाना, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यले हालसम्म १७ बढी गीत सार्वजनिक गरिसकेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस