काठमाण्डौ । साथीहरुबीच यति गहिरो सम्बन्ध हुन्छ कि कसैले पनि अर्को परिवारको नराम्रोबारे सोच्नै सक्दैन । तर, सबैमा यो कुरा लागु हुँदो रहेनछ । भारतको उत्तर प्रदेशको आगराको एउटा घटनाले पनि यो पुष्टि गर्छ । त्यहाँ एक युवाले साथीकी पत्नीलाई फोन गरेर हैरान पारेपछि उनलाई प्रहरीमा बुझाइएको छ । आरोपी युवकलाई परिवारले झुक्याएर राम्रोसँग कुटपिट पनि गरेका छन् ।
ती युवाले साथीकी पत्नीलाई फोन गरेर हैरान बनाउन थालेको र आफूले उनलाई भेट्न चाहेको कुरा गर्न थालेको चार दिन भएको रहेछ । ती युवतीले युवालाई झुक्काएर आफ्नो घरमा बोलाइन् । उनले ती युवतीलाई आफूसँग काम गरे रानी बनाएर राख्ने बताएका रहेछन् । र, त्यहाँ घरका सबैले उनलाई रामधुलाई गरेछन् । त्यसपछि प्रहरीमा बुझाएछन् ।