चैत्र ९, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण चर्चित हास्य टेलिसिरियल ुसक्किगोनिुको प्रसारण स्थगित भएको छ । हास्य टेलिसिरियल सक्किगोनिका निर्देशक कुमार कटेल जिग्रीले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सक्किगोनिुको प्रसारण स्थगित भएको जानकारी गराएका हुन् ।
उनले लेखेका छन् बिश्वब्यापी कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेकोलक डाउनको अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू सेल्फ क्यारेन्टाईन मा बस्ने निर्णय गरेका छौ ।
यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म सक्किगोनीकेही समय स्थगित हुने कुराको जानकारी गराउदछौ । यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ । आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु स्वास्थ्यको कामना गर्दछौं । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौ ।