दुई श्रीमतीले हप्ताको ३/३ दिन बाँडफाँड गरे श्रीमान, एकदिन छुट्टि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौं । भारतमा एक व्यक्तिकी श्रीमती र प्रेमिकाबीच बाँडफाँट भएको छ । हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो । भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छोडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ । सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमीकासँग बस्नेछन् । हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन् ।

राजेश कुमार नाम गरेका पुरुषकी प्रेमीकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिएपछि प्रहरीले राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार राजेशले प्रेमीकासँग पनि विवाह गरेका थिए । विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन् । उनीहरुबीच भएको सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ । त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन् ।

एजेन्सीको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस