कथा (मधुरिमा)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ बैशाख १५, सोमबार (४ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

बाछो नबिकेर मेरो शरीर को खुन सबै सुक्न लागे जस्तो भएको थियो।त्यस्को अलावा कुनै उपाय थिएन।छात्राबृती मा पाएको पैसा पनि म नफर्किउन्जेल आमाले खाने अन्न किनेकाले २ सय मात्रै बचेको थियो। आमा गाउभरी डुल्नु भयो बाछो किन्दिन अनुरोध गर्दै।आमै झम्क्क हुदा थोते मुख मुस्कुराउदै आइन ।बाछो रिकुटे ले किन्ने भएछ्न भोलि लाने अरे पैसा चाहिँ आजै मागेर ल्याइछिन ।मेरो लामो सास आयो ।मेरो ठूलो सपना पुरा हुने भयो ।मनमनै भगवान लाई धन्यवाद दिए।आमालाइ निहुरिएर ढोगे।लु झोला मिला बिमल बिहानै को फस गाडीमा जानू त आमाले भन्नू भयो।मेरो भुइमा खुट्टा भएन।उज्यालो हुदा म बसमा चडेर टुकुरे कटिसकेको थिए।
साझको ४ बजे बसले शहर पुर्यायो।बाटो भरी वान्ता भएर म लखतरान भएको थिए ।उति बस नचडेको मान्छे ।आमाले भुटिदिएर हाल्देको खट्टे पनि झोलाको झोलै थियो।केही खाने छुद्दे भएन ।गाडि पुरै गनाएको थियो ।धुवा झनै भगवान बल्ल बल्ल उतृए ।५ बजे सम्म मात्रै खुल्ला हुन्छ ।त्यही पनि आज अन्तिम दिन ।एउटा रिक्सालाई सोधे उस्ले पुर्याइदिने बतायो।भिड्भाड र ग्यादृङ शहरको गल्ली छिचोलेर केहीछिन मा आइपुग्यो भनेर रोकिदियो।१०० निकालेर दिए उस्ले ४० फिर्ता दियो र बाटो लाग्यो।
सि टि कलेजको गेट बाट भित्र छिरे म।फोटो,कागजपत्र ,फारम ,रसिद काटने सबै औपचारिक काम सकेपछी आइ ए सि प्रथम बर्समा भर्ना भए म।बाकी थियो पोशाक सिलाउने ,किताब किन्ने र कोठा खोज्ने काम।गेटपाले दाइ सङ साहारा लिए ।होस्टल मा बस्न सल्लाह दिए ,पोशाक र किताब को पसल को भिजिटिङ कार्ड पनि दिए ।सायद बिद्यार्थी पठाए बापत पाले दाइ लाई केही मिल्दो हो गोजि मै बोकिरदारैछ्न।कलेज को ३ गल्ली उतापटि होस्टल।कमन कोठा कमन मेस हल्ला खल्ला को बीचमा बानी हुँदै बस्न थाले म ।राधाकृष्ण मेरो मिल्ने साथी थियो।सारै मिजासिलो म जस्तै गरिव परिवारको छोरा ।हामी एउटै खाट्मा सुत्थियौ।१ हप्ता बित्यो भोलि देखि कलेज सुरु हुने दिन ।राधा र म बिहानै नुहाइ धुवाइ चिटिक्क परेर कलेज लाग्यौ।अरु साथी हरु पनि लागे ।हामी त्यति अरुको वास्ता गर्दौन्थिएउ।दुई जना मात्रैको छुट्टै दुनिया बनिसकेको थियो छोटो समयमै।
कलेजको पहिलो दिन सबै नौलो ।कक्षाकोठा मान्छे वातावरण सबै।परिचय बाट क्लास सुरु भयो ।सबैले आ आफ्नु परिचय दिए ।धेरै जसो तराइका विद्यार्थी थोरै मात्र पहाडबाट पढन आएका।मलाइ खै के भयो परिचय दिदा ठेगाना भन्न छुटाएछु ।देब्रे साइड्को अगाडि को बेन्च बाट आवाज आयो address plz ….आहा तिख्खर तर माधुर्य आवाजले मस्तिष्क तरङित भयो आँखा दौडिए त्यहा पुग्यो।गुलाबी र साइनिङ लिपिस्टिक ले सजिएका गोला ओठ,हेड्बिन ले सुरक्षा गर्दै च्यापेका सिल्की र लामो कपाल ,चन्द्रमा आकारको निधार,उज्यालो र प्रज्वलित सुन्दर चेहेरा,गाजली काला आँखा र टठिलो हेराइ लामा परेली र कलाकारले कुदेको जस्तो आखिभौ ।मेरो शरीर चङा जस्तो भयो मानौ म स्पाइडर मेन उनिलाइ च्याप अङालो मा च्यापेर बिलाउ धर्ती बाट र उडेर पुगौ स्वर्गको आकाश मा सदा सदाको लागि….झसङ्ग भए म फेरि आवाज आयो ठेगाना भन्नू न तपाईको आत्तिएर भने सोल्मा ६ कोल्बोटे तेह्रथुम कोशी अन्चल पुर्व नेपाल धन्यवाद …क्लास भरी हासो मच्चियो म चुप्प लागेर थचक्क बसे।हल्का मनमा काउकुती लाग्यो लाज भएजस्तो आफै सङ अलि अलि बिल्ला भए जस्तो ।मेरो छेउमा थियो राधा उ हुँदै क्र म श अरुले आ आफ्नु परिचय दिदै गए ।मलाइ व्यग्र पर्खाइ थियो।धर्ती कि साक्षत उर्वर्सी अप्सराको नाम के होला घर कहाँ होला सुन्ने ।अरुले छिटो छिटो भनेर बसिहाले हुन्थियो नि छिटो उन्को पालो आइहाले हुन्थियो भन्दै मन मनै खट्पटिए घरी खुट्टा हल्लाउदै घरी कपिमा कलमले कोरेर गोलो घुमाउदै…उफ बल्ल बल्ल पालो आयो उनी जुरुक्क उठेर बोलिन बाइ द वए माइ नेम इज मधुरिमा खतिवडा आइ एम फ्रम हाट्खोला बिराटनगर …..आ..हा..कस्तो मीठो नाम मधुरिमा वाओ …अरुको परिचय मतलव गरिन ।कक्षा सुरु भयो पहिलो दिन ३ वटा क्लास ।बहिर निस्किए पछि मधुरिमा लाई बेस्सरी आँखा डुलाएर हेरे बाहिर भिडभाड कतै देखिन ।कोहि मोटरसाइकल कोहि कार पनि लिएर आएका बिद्यार्थी भएर पनि क्र म श गेटबाट सबै बाहिरिए ।राधा र म पैदल होस्टल तिर।दिनभरी बेचैन भए म हरेक पटक आखाको पलक झिम्कियो कि उहीँ अनुहार आउँछ ।बाफ रे कति राम्री किन सोधेकी होला मेरो एड्रेस हे जे पायो त्यही मैले नै भन्न छुटाएर सोधेको होला नि म किन मख्ख परेको म त पढ्न पो आएको त यस्तै यस्तै कुरा खेलिरह्यो मनमा ।बेचैनी कै बिच दिन बित्यो रातपनि।
जिन्दगीमा एउटा नया मौसमी बहार आए जस्तो भयो मलाइ । उनको अनुहार मा सन्सार भरिको पीडा थकाइ र तनाव को सन्जिवनी उपचार छ जस्तो।उन्को मुस्कान मानौ अक्सिजन जस्तो ।कहिलेकाही उनिलाइ देख्न नपाउदा सन्सार शून्य भए झै लाग्थियो।यो कस्तो आकर्षण ।यो कस्तो मोहनी ।मधुरिमा को नजर पर्ने बितिकै लाटिए जस्तो हुन्थे म ।जिउ नै अर्कै हुन्थियो अलि लजाए जस्तो अलि डराए जस्तो।भनौ भुतुक्कै हुन्थे म उनलाई देख्ने बितिकै।म मात्रै होइन पुरै कलेज कै काला गोरा होचा अग्ला सबै लठठै हुन्थे उनिसङ प्राय केटाहरुको ग्रुप मा उनको चर्चा चलेकै हुन्थियो।नहोस पनि कसरी उनी थिइन नै त्यस्ती लाखौमा एक।
म जेहेन्दार बिद्यार्थी थिए ।कलेजमा धेरैले मलाइ नोटिस गर्नु स्वभाविक थियो।क्लासमा आँखा चोरी चोरी म उन्लाइ हेरिरहन्थे ।उनिपनि बेलाबेला मलाइ अरुको आँखा छ्क्याएर हेर्थिन ।म हतार हतार उन्लाइ नहेरे जस्तो गर्दै अन्तै हेर्थे।बेला बेला आँखा जुधिहाल्थियो भुतुक्कै हुन्थे म ।क्र म श आँखा आँखा हरु बोल्न थालिसकेका थिए ।बिस्तारै अफ्ट्यारो कम हुँदै गयो लामै समय हामी एक अर्कामा हेराइ बढाउन थालेउ ।उन्कि साथी रेसिका अनि मेरो साथी राधाले पनि सुइको पाउन थालेका थिए ।किनकी रेसिका र राधा बिच निकै घनिस्टता बढेको थियो र राधा सङ रेसिकाले अनि राधाले मलाइ सुनाएको थियो।क्र म श हामी केन्टिन प्लेग्राउन्ड र अफ पिरिएड मा एकअर्का मा उपयुक्त स्थान खोजेर खुव गफ्फिन थालेका थियौ।मधुरिमा को निकटताले म हराभरा भएको थिए ।एक्दिन साझ उन्को घरमा जन्मदिनको दिन सबै साथिलाइ इन्भाइट गरिन मलाइ चाहिँ कानमा सुटुक्क स्पेशल गिफ्ट चाहिन्छ नि मलाइ बुझेउ भनेर भनिन मैले ok भनेको थिए।मैले के गिफ्ट दिनेहोला धेरै सोचे अन्त्यमा मैले माइक्रोस्कोप दिने निर्णय गरे जुन हाम्रो पढाइमा महत्वपूर्ण काम आउथियो।
राधा र म उनको घर गयौ।सबैतिर सजिसजाउ मानौ त्यो कुनै ठूलो रिसोर्ट हो शहर का निकै प्रतिष्ठित मान्छेको उपस्थिति निकै ठूलो बर्थडे पाटी।उनले हाइ गरेर परै बाट कराइन हामी छेउमा पुगेउ।हामिलाइ पर्खिए जस्तो हामी पुग्ने बितिकै उन्ले केन्डिल फुकिन ,केक काटिन सबैले एकै स्वर मा भने हेप्पी बर्थडे टु यु मधुरिमा ।सबैले पालै पालो गिफ्ट दिए बीस गरे त्यस्पछी खानपान मा लागे ।मानिस हरु अलि बिकेन्दृत भएपछि मधुरिमा ले मेरो हातमा समाएर तान्दै यता आउ भनेर गार्डेन को एउटा कुना मा लगिन ।झिलिमिली आगन,चाइनिज दुबोको गार्डेन , सुन्दर फुल हरु ,गमला,साना सना प्लान्ट डान्सिङ लाइन्ट ,जुनेली र छिप्पिदै गरेको रात आकाश मा चम्किरहेका तारा हरु ,मन्द आवाजमा पाटिलाइ सागितिक बनाउन बजिरहेको सरगम सङित मेरो अगाडि उभिएकी मधुरिमा आहा…म टोलाउन पुगेछु ।बिमल बिमल किन टोलाएको उनले भनिन।तिमी छेउ नै त्यस्तै अनि म किन नटोलाउनु र मैले भने।उन्ले अलि सिरिएस हुँदै भनिन हेर बिमल मलाइ तिमी एक्दमै मन पर्छ जेन्टल लाग्छ म तिमी प्रती फिदा हुन थालिसकेकी छु ।मलाइ बिस्वास छ पक्कै तिमी पनि मलाइ मन पराउछौ।हाम्रो आखाले नै धेरै कुरा बोलिसकेको छ मनले पनि आज मुखैले भन्ने आट गरे बिमल के तिमी पनि मलाइ चाहान्छौ???भन न plz म तिमीलाई धेरै मन पराउछु माया गर्छु plz ।मलाइ सगरमाथाको टुप्पामा पुगेजस्तो भयो बिस्वकपको स्वर्णपदक जितेर अनि सन्सार लाई चिच्याएर भन्न मन लाग्यो म बिस्वबिजेता हो भनेर ।यस्ति राम्री परि त्यही पनि शहरी जनजीवन कि यस्ती परिवारकि छोरी म जस्तो गरिवको छोरालाई निस्चल माया गर्नु चाहानु मैले सर्वस्व पाएको महसुस गरे ।म पनि तिमिलाइ धेरै चाहान्छु मधुरिमा सपना बिपना तिम्रै कल्पना मा डुबिरहेको छु म me also मधुरिमा यति भनिसक्दा उनी झ्याप्प अङ्गालोमा आइन मैले पनि अलौकिक बस्तु जस्तो प्यारो आलिङिन मा कसे उनिलाइ ।सिरिरी चलिरहेको बसन्ती हावा ले थप माधकता थपिदियो हामिमा।उन्को न्यानो अङगालो को आनन्दको बीचमा मलाइ सजाएको मुटुको ढुक्ढुकीले मेरो नाम सङ्खघोस गरिरहेको आवाज मीठो भएर कानमा सुस्तरी ठोकिन्थियो।मेरो जिवनको सबैभन्दा मीठो आनन्द र स्वर्गीय पल थियो त्यो।
यसप्रकार हामी एकअर्कामा रक्तसञ्चार भयौ ।मेरो हरेक कोष तन्तु र मस्तिष्क का अरबौ अरव स्नायु हरुमा उनी थिइन ।अब दिनानुदिन हामी अझै गहिराइ भन्दा गहिराइ मा डुब्दै जानथालेउ ।डेटिङ मा कता कता जान्थेउ उन्को स्कुटरमा उनी ड्राइभ गर्थिन म पछाडि बस्थे।कहिलेकाही मलाइ कुदाउन भन्थिन म के के बहाना गरेर उनैलाइ कुदाउन लगाउथे ।वास्तव मा म पहाडको मान्छे मलाइ आउदैन थियो तर उन्ले त्यस्तो सोचेकी थिइनन।तराइमा केटाहरुलाइ बाइक स्कुटर चलाउन नआउने कुरै हुदैन थियो।कहिलेकाही उनी उनको बाबाको अफिस छुट्टी भएको दिन कार नै लिएर आउथिन ।त्यो दिन मलाइ ढुक्क हुन्थियो किनकी कार कुदाउन नआउनु स्वभाविक थियो।क्र म श हामी बिराट्नगर धरान इटहरी का सबै पार्क रेस्टुरेन्ट र भि आइ पि होटल हरु जान थालेउ ।म छोरा मान्छे बिल तिर्न उनलाई लगाउने कुरै भएन मेरो स्वभिमान को कुरा थियो।आमाले खुन पसिना गरेर पैसा पठाउनु हुन्थियो।कहिले बाख्रा बेचेर कहिले फिलुङे कहिले मकै कहिले के कहिले के।केहिले पुग्न छोड्यो गाउँभरी रिन माग्दा माग्दा आमा पनि थाकिसक्नु भएको थियो।मलाइ पनि माग्न मुख लाग्न छोड्यो ।आमाको मलाइ डाक्टर बनाउने ठूलो सपना थियो ।बा ले उपचार नपाएर खस्नु भएको कारण जसरी हुन्छ छोरा तिमी डाक्टर हुनुपर्छ भन्नू हुन्थियो।डाक्टर पढ्न हाम्रो हैसियत ले कता भ्याउनु र आइ ए सि को पहिलो बर्स नसक्किदै रिनै रिन भैसकेको थियो।मलाइ मधुरिमा सारै प्यारी लाग्थियो उनी बिनाको जीवन परिकल्पना गर्न नसक्ने भैसकेक थिए म तर उनी सङ को सङत मेरो लागि अति महङो भैसकेको थियो।मानौ मेरि आमाको खुनको थोपाले उनको मुस्कान किन्नु पर्छ जस्तो।मैले आमालाइ खर्च नपठाउनु भनेर खबर गरिदिए।मैले यतै जागिर भेटिसके भनिदिए।केही उपाय थिएन मैले राती राती अब सेक्युरिटी गार्ड को जागिर गर्न थाले ।पीडादायी थियो त्यो सारै।नेपाली मेडियम को बिद्यार्थी म साइन्स बिसयको पढाइ र त्यस्को मेहनत अनि रातभरिको डिउटी बिहान को कलेज।तर मधुरिमा सङ को साथले सबै पीडा सन्चो भए जस्तो हुन्थियो।म जति मेहनत गरेर भएपनि उनिलाइ खुशी बनाउन चाहान्थे ।उनी पनि मैले उन्को हरेक डिमान्ट पूरा गरिदिएकोमा मख्ख थिइन ।
प्रथम बर्सको परिक्षा आयो मैले दोब्बर मेहनत गर्नुपर्ने भयो ।यसै त म निन्द्रा नपुगेको ले कम्जोर जस्तो हुँदै गएको थिए ।बेला बेला डिउटी मै उङ लाग्थियो त गेट्को पिल्लर मा अडेस लागेर निदाउथे ।कति पटक त कुकुर भुकेको आवाजले बोउझिएको थिए।एक्दिन यस्तै निन्द्रामा परेर निदाएछु।गाडिको तेज हरन ले मेरो कान छेड्ला जस्तो गरेर मलाइ बिउझ्यायो।आँखा खोलेर हेरे मधुरिमा ओर्लिइन गाडी बाट अरे बिमल के पारा हो यो तिम्रो????म झसङ्ग भए ।किन यहाँ तिमी कसरी के हो कुनै फिलिम को सुटिङमा हो कि किन सेक्युरिटी गार्ड को ड्रेसमा तिमी ???म अलि अक्मकिए उनिलाइ सत्य लुकाउनु उचित ठानिन मैले सबै कुरा सरासरी उनलाई भनिदिए।कुरा सुनिसक्न नपाउदै उनी सरासर गैन जस्तो आवेग को मुद्रामा।म छ्क्क परे के भयो खै केही बुझ्न सकिन ।
त्यो दिन देखि म सङ मधुरिमा बोल्न छोडिन ।मलाइ घृणा गरे जस्तो हेर्न थालिन ।म उनको ब्यबाहार बाट छ्ट्पटिन थाले ।मलाइ खपिनसक्नु हुनथाल्यो ।छेउमा जाने बित्तिकै फन्किएर हिनिहाल्थिन ।परिक्षा सकिएको दिन साथीहरूको सल्लाह अनुरुप हामी सबै पिकनिक गयौ ।सबै आ आफ्नु धुनमा रमाइलो गरे ।मलाइ खासै रमाइलो थिएन ।हाम्रो क्लासमा प्रज्वल र उस्का केही ग्याङ एक्दमै बदमास थिए मैले सुनेको गाजा चरेस सबै खान्थे ।कति पटक जेल पर्दै निस्किएका धनी बाउका छोराहरु झै झगडा पनि गरिरहन्थे।पिकनिक मा २/४ घन्टा बितेपछी प्राय सबै मातिसकेका थिए ।प्रज्वल र उस्का साथिले त रक्सीको खोलै बगाए।एक्छिन पछि मधुरिमा लाई प्रज्वलले वाइन खान कर गर्दै गरेको देखे ।मैले नखाउ भनेर इसारा गरे तर उनले झन म तिर आँखा तर्दै घटघटी पिइन ।मलाइ मनमा नमिठो लाग्यो।एक्छिन पछि मधुरिमा थामिनसक्नु हुनथालिन।रेसिका र उनका अरु केटि साथीले समाल्न नसक्ने भइन।प्रज्वलहरु मौकाको फाइदा उठाउदै डान्स गर्ने बाहानामा उन्लाइ हातपात गर्ने कोसिस गर्दै थिए ।उनी केही नभए जस्तो गरेर कुनै रियाक्ट गरेकी थिइनन।अब उनलाइ घर पुर्याउनु पर्छ नत्र दुर्घटना हुन्छ भन्ने लागेर मैले रबिन भन्ने साथिको स्कुटर मागे ।त्यतिबेला सम्म मैले स्कुटर चलाउन सिकिसकेको थिए।प्रतिस्ठित बाउकि छोरी को हर्कत आखाले हेरिनसक्नु हुन थाल्यो।प्रज्वलको अङालो मा बेरिएकि र उनलाइ खुट्टा लर्बर्याउदै प्रज्वल ले आफ्नु गाडी तिर लादै गरेको देखे । मैले हतार हतार छेउमा गएर मधुरिमा तिमी अनियन्त्रित भैसकेकी छेउ बस स्कुटरमा म घर पुर्याइदिन्छु भनेर हातमा समाए ।उन्ले मेरो हात झड्कारेर सबैको सामु जोडले एक थप्पड लगाउइन मलाइ ।गाला झनन भयो ।गाला भन्दा मुटु सयौ गुना ज्यादा चोट लाग्यो मलाइ।तिमी किन यसरी बेहोस भएकी यो के गरेको तिमिले ??मधुरिमा मैले के गल्ती गरे किन म सङ यस्तो हर्कत गर्छेउ ??अस्ति देखि किन बोल्दिनौ तिमी म सङ?? भनेर सोधे
त जस्तो २ पैसे खाते ढोका मा सेक्युरिटी बस्ने दरमानको के हैसियत छ र म त सङ बोल्नु ।आफ्नु औकात हेरेको छ्स?? मलाइ तेरो अनुहार पनि हेर्नू छैन त सङ प्रेम गरेर बिबाह गरेर मैले के मेरो जिन्दगी नर्क बनाउनु ??तेरो सेक्युरिटी को तलव ले मेरो च्प्पल र लिपिस्टिक किन्न पनि पुग्दैन तैले के खुशी दिन्छ्स मलाइ ….खाते फुट भनेर गाली गरिन।प्रज्वलले हे ल्याङ नगर खाते भनेर मलाइ घचेट्यो ।उनीहरु प्रज्वलको गाडीमा चडेर गए।मेरो आँखा भरी आँसु भरियो । सबै साथी भाइ लाइ रमिता भयो ।राधा र रेशिकाले सम्झाउन खोजे मलाइ ।साझ सम्म राधा र म त्यही बस्यौ।मेरो साथिले मलाइ धेरै सम्झायो ।मैले पनि महसुस गरे।मेरो जीवनमा चट्याङ परेको थियो तर त्यो चट्याङ्ले मधुरिमा प्रतिको माया हार्दिकता ,समर्पण र सम्मान को ह्याङ उतारिदिएको थियो। झमक्कै भएपछी हामी होस्टल आयौ।
पहिलो बर्सको परिक्षा सकिसकेको थियो ।त्यस्पछी म घर गए आमा सङ बसे। आमा बुढी हुँदै जानू भएको माया लाग्यो। अब मलाइ बिराटनगर फर्किन मन लागेन दोस्रो बर्स सेल्फ स्टडी गरेर परिक्षा दिने निर्णय गरे।राधा सङ कहिलेकाही फोनमा कुरा हुन्थियो ।केही समय पछि मधुरिमाले अमेरिका बस्ने नेपाली केटा सङ बिवाह गरिन भनेर सुनायो राधाले ।मलाइ खासै असर परेन त्यो भन्दा ठूलो असर परिसकेको थियो पहिलेनै मैले धेरै सोचेर मनलाई कठोर बनाइसकेको थिए ।सास फेर्न बाच्न उभिन मान्छे हु भन्न पैसा चाहिने रहेछ भन्ने बुझिसकेको थिए । मैले दोस्रो बर्ष को परिक्षा दिए ।आइ ए सि राम्रो नम्बर ल्याएर पास पनि भए।केही समय पछि गाउकै स्कुल मा आइ ए सि करार शिक्षक को जागिर खुल्यो नाम निस्कियो अनि जागिर खान थाले।ठूलो चोटको बिस्तारै घाउ निको हुँदै गए जस्तो भैरहेको थियो।समय यसरी नै बगिरहेको थियो।अचानक २०७२ साल बैशाख १२ गते बिनाशकारी भुइचालो आयो।नेपालमा ८ हजार भन्दा बढी मान्छे मरे।मैले मेरो सर्वस्व मेरि आमालाइ पनि भुइचालोमा गुमाउनु पर्यो ।म धेरै टुटे जिन्दगिमा।बिचरा मेरि आमा म सम्झिन सक्दिन मुटु भक्कानो भएर फुट्न खोज्छ।आखिर सन्सारमा एक्लो भए म ।जस्तो पनि खप्नै पर्ने मान्छेले ।आत्माहत्या गरेर कायर बन्न सकिन।बाचेर आमाको सपना पूरा गर्नु पर्छ भन्ने लाग्यो।त्यसपछि मलाइ गाउँ बस्न मन लागेन म गाउँ छोडेर काठमाडौ गए।
नेपाल सरकारले केही समय पछि भुकम्प पिडित लाई पुर्ननिर्माण को लागि केही रकम र ज्यान गुमाएका परिवारका लागि राहात स्वरुप रु १० लाख दिने र भुकम्प पिडित परिवारले डाक्टर ,इन्जिनियर पढन चाहे स्कलर्सिप मा पढाइदिए राहात प्याकेज को घोषणा गर्यो।मेरि आमाको सपना मलाइ डाक्टर बनाउने आमाको प्राणको मूल्यले मैले त्यो सपना पूरा गरे ।आफू मरेर पनि मलाई डाक्टर बनाइन मेरि आमाले ।मेरि आमा भगवान भन्दा पनि माथी केही छ भने त्यस्ती मेरि आमालाइ सम्मान र सम्झना स्वरुप ब्यक्त गर्ने शव्द छैन म सङ ।आमा हजार जुनि सम्म म तिम्रै छोरो भएर जन्मन पाउ भगवान सङ यहि प्रार्थना छ मेरो….तिमी जहाँ भएपनि तिम्रो आशीर्वाद सधै रहिरहने छ मेरो शिरमा।
५ बर्स पछि म काठमाडौ स्थित अस्पताल मा बरिस्ठ चिकित्सक को रुपमा जागिर गरिरहेको थिए।
बिश्वब्यापी रुपमा कोरोना सङ्क्रमण महामारी फैलियो चाइना ,इटाली हुँदै अमेरिका तिर सङ्क्रमण डढेलो सरि फैलिन थाल्यो।त्यही बिचमा अमेरिका र युरोप बाट एक जहाज नेपाली नेपाल आएछ्न ।सरकार ले बिदेश बाट आउने सबैलाइ अनिवार्य कोरोना परिक्षण गरेर १४ दिन क्वारेन्टाइन मा राख्ने निर्णय गरेको थियो।त्यो जहाज का १० यात्रु हाम्रो अस्पतालमा आए।त्यो १० यात्रुको बिचमा एकजना मैले चिनेको यात्रु पनि देखेर म झस्किए उ थिइन मधुरिमा।उनिले मलाइ चिनिनन मैले पिपिइ लगाएर पुरै शरीर छोपिएको थियो। करिव १० बर्सपछि उनी सङ आज मेरो आँखा जुधेको थियो।उनको पि सि आर को जाचको लागि शुक्रराज ट्रपिकल हस्पिटल पठाइएको थियो ।केही समय पछि अचानक उनी क्वारेन्टाइन मै रुवावासी गर्न थालिन के भयो भनेर म नजिकै गएर सोधे।बिडम्मना अमेरिका मा उनको श्रीमानको कोभिक १९ कोरोना भाइरसको कारण निधन भएछ।मैले उन्लाइ धेरै सम्झाए तर उनी रुन छोडिनन ।रुदा रुदा थाकेर केही समय पछि आफै निदाइन ।जिन्दगीमा फेरि कुन संयोगले उनी सङ मेरो भेट भएको थियो ।मैले बिहा गरेको थिइन ।बिहा गर्नै मन लाग्दैन थियो ।उनी रोएको देख्दा कता कता भित्री मनमा हल्का माया लागेको थियो उनको ।मान्छे हु म मान्छेको शोक मा झरेको आँसु देख्दा माया लाग्नु स्वभाविक नै ठाने।
३ दिन पछि उनको रिपोर्ट आयो उनिमा पनि कोरोना पोजेटिभ देखियो ।म छक्क परे अब उनिलाइ आवाश्यक उपचार हेरचाह र आत्माबलको आवाश्यकता थियो।मैले उनिलाइ एक्दमै धेरै केयर र उपचार गर्न थाले लगभग पुरै समय उनैलाइ दिन्थे।उनको आत्माबिस्वासको लागि म धेरै कुरा गर्थे उनिसङ ।मधुरिमा आफ्नु जीवन बर्वाद भयो म साहारा बिहिन भए चुटिएको चङा जस्तो म पनि बाच्दिन होला बाबा ममि सङ भेट्न पनि पाउदीन होला भनेर गुनासो गर्थिन बेला बेला रुन्थिन ।म उनिलाइ त्यस्तो होइन मान्छेले कमजोर हुनुहुन्न आत्माबिस्वास राख्नुपर्छ तिमी निको हुन्छेउ भनेर सम्झाउथे।बिस्वभरी दिनानुदिन धेरै मान्छेको मृत्यु भैरहेको थियो ।उनिलाइ जसरी पनि बचाउन सकियोस उनी निको हुन भनेर म अथक मेहनत र भगवान सङ प्राथना पनि गर्थे ।एक त उनी मेरो पेसेन्ट थिइन अर्को त उनी मेरो जिन्दगिको कुनै समयकी सबैभन्दा धेरै माया गरेकी मान्छे मधुरिमा।हामी स्वास्थ्यकर्मीको अथक मेहनत र हेरचाह पछी २४ दिनको दिन पटक पटक परिक्षण गरिएको रिपोर्ट पछि उनी निको भइन।मलाइ पनि ठूलो सफलता मिलेको महसुस भयो।म धेरै खुशी भए ।सन्चारकर्मी अस्पताल परिवार सहित सामाजिक दुरि कायम गरेर उनिलाइ नया जीवनको बधाई तथा शुभकामना सहित फुलको गुच्छा दिइयो।उनले हर्समा दुई थोपा आँसु खसालिन ।आजको आँसु पनि फरक रङको थियो मोति जस्तो।सन्चारकर्मिले क्यामरा अगाडि राखेर उन्को छिटो प्रतिक्रिया लिए।उनिले मैले आत्माबलले मृत्यु लाई जितेकी छु ।मलाइ उपचार गर्ने र आत्मावल दिएर मेरो जीवन बचाउने डाक्टर साहेव लाई म हेर्न चाहान्छु उहाँ भगवानको अर्को रुप हो बोलाइदिनुस भनिन।म पिपिइ खोलेर नर्मल पोसाक मा थिए ।उनको अगाडि जान सबैले अनुरोध गरे।म अगाडि पुगेपछि उनी चिच्याएर कराइन बिमल तिमी हो त्यो डाक्टर ???मैले मुन्टो हल्लाए ।सबै छ्क्क परे ।डाक्टर बिमल को सम्मानमा ताली भनेर सबैले ताली बजाए। सबै यत्र तत्र लागे मधुरिमा डिस्चार्ज भएकि थिइन तर उनी केही दिन क्वारेन्टाइन मा बस्ने बताइन ।मैले स्विकार गरे हामी डाक्टर बस्ने क्वारेन्टाइन थियो उनलाइ पनि त्यही राखियो।मधुरिमा ले मलाइ एकान्त मा बोलाइन म पनि छेउमा गए ।म छेउमा पुग्ने बित्तिकै भक्कानिएर रुन थालिन मैले के भयो किन रोएकी भनेर सोधे ।उनी झन भक्कानिदै भनिन मलाइ माफ गरिदेउ बिमल हुन त तिमी सङ माफ माग्न पनि म लायक छैन होला मेरो पैसा र सम्पती ले आँखा अन्धो भएको थियो।भौतिक सुख सुबिधा र पैसा लाई मैले सधै महत्वपूर्ण ठाने तर यो सन्सारमा सम्पती केही होइन रहेछ मात्र एउटा सामान्य साधन ।साहारा माया आत्माबल अपरिहार्य रहेछ बाच्न लाई बिमल पक्कै तिमी म जस्तो अन्धो कहिलै थिएनौ र छैनौ मलाइ माफ गर बिमल ।म मेरो बाकी जीवन तिमि सङै बिताउन चाहान्छु ।

अब मलाइ तिम्रो न्यानो माया र साहारा चाहिन्छ। plz बिमल तिमी मेरो भगवान हो एउटा बेसाहारा को उदारको लागि पनि र हिजो कुनै समय तिमिले माया गरेकी मधुरिमा सम्झिएर मलाइ अपनाउ। plz त्यो घटना लाई एउटा खराव सपना सम्झिएर बिर्सिदेउ ।बिन्ती छ हात जोडेर उनी झन जोड जोड ले रुन थालिन ।म के भनु के गरौ एक्छीन केही सोच्न सकिन। नरोउ मधुरिमा तिमि रुदा मलाइ कस्तो नराम्रो लाग्छ plz तिमी मुस्कुराएको कस्तो राम्रो देखिन्छ मन मनै भने।समयको आधिबेहरीले मेरो मायाको फुल कसैको डाली बाट ढिलै भएपनी मेरो हत्केलामा झारेको थियो ।तर पनि मलाइ किन फिक्का लागिरहेको छ ?किन त्यो सुवास ,त्यो रङ अनि त्यो चमक देख्दिन म । जस्को आकृती मुटुमा नमेटिने छाप बनेर बसेको थियो किन ?बेरङ र सफेद भएको महसुस गर्दैछु म ।मान्छे हो मान्छे बाट भुल हुन सक्छ बैँस योवन र धन सम्पती र पैसाको उन्माद मा तर महसुस गर्नु र प्रायस्चित गर्नु ठूलो कुरा हो।त्यो सम्मानजनक छ । तर मैले सोचे आज कोरोना महामारी ले बिस्वभरी मानिसमा सम्पतीको उन्माद लाई कम गरिदिएको छ। करोडौं को गाडी चड्ने र गाडिनै नहुने बिचमा पनि समानता ल्याइदिएको छ ।सन्सार का सबै मान्छे समान हुन भन्ने महसुस गराएको छ जीवनको महत्व दर्साएको छ ।मेरि मधुरिमा लाई मैले स्विकार्न सकिन उनको पश्चाताममा बगेको आँसु र शब्दहरु मलाइ बिछ्ट्टैको भद्दा मजाक लाग्यो ।उनको श्रीमान मरेको एक महिना नहुदै उनिले उस्लाइ बिर्सिएर म सङको सपना सजाइन यति छिटोको उनको निर्णय उनको श्रीमान् प्रतीको १० बर्सको सम्बन्धको देहावसान कसरी सम्मान जनक हुनसक्छ??म सहि या गलत १,२,३ मेरो मनले स्विकार नै गर्न सकेन ।बिना उत्तर म उनिलाइ त्यही बाट छोडेर गए अस्पताल तिर।कतिपय कुरा अनुत्तरित नै हुदोरहेछ।म अनुत्तरित फर्किए।मलाइ भेट्न धेरै पटक अस्पतालमा आएको देखे तर म छलिएर उनी सङ भेटिन ।नभेट्नु मै सन्चो महसुस गरे मैले।केही समय पछि उनी अस्पताल आउन छोडिन कता गइन थाहा भएन ।फेस्बुक मा रिक्वस्ट आएको थियो मैले एसेप्ट गरिन हातनै लागेन। त्यस्पछी मैले लकडाउन खुलेपछि कुनै उपयुक्त केटि खोजेर बिबाह गर्ने निर्णय गरे।उनी मेरो अङालोमा आउन खोजिन तर मायाको कङ्काल मात्र बाकी रहेपछि।सायद माया मरेपछि पुनर्जीवित हुन गाह्रो रैछ।यो चाहेर नहुने रैछ मानिसले र मस्तिष्कले नै थाहा नपाउनै गरि उम्रने र मर्ने हुदोरैछ ।उनी बिरामी हुदा उनिप्रती आएको मेरो मनको भावना सायद सहानुभूति थियो।उनी प्रती बर्सौ अघि मरिसेकेका मायाका परजीवी लाई मैले जगाउन पनि चाहिन तर घृणा पनि गरिन ।सबैको आ आफ्नो जिउने तरिका हो त्यो उनको स्वतन्त्रता हो।भगवान सङ कामना गर्छु उनी सुखी खुशी र स्वस्थ रहुन ।अनि कोरोनाले र त्यस्ता रोगहरुले उनिलाइ उनको परिवारलाई समाजलाई साथिभाइ कसैलाइ पनि आक्रमण नगरोस र विश्व समाजले उनी जस्तै आत्माबलले कोरोना परास्त गर्न सकुन सबैलाइ मेरो प्रार्थना …

-रचना:- केशव रिमाल इटहरी 

ताजा अपडेट

खोजी गर्नुहोस