रोशन गैरेको तिज गित ‘माईत जान पाईन’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

-सुवास कँडेल

असार ८,काठमाडौँ । आफ्ना हरेक सिर्जनामा फरक पन दिन माहिर गायक तथा सर्जक रोशन गैरेको यो वर्षको नयाँ तीज गीत ‘माईत जान पाईन’ सार्वजनिक भएको छ ।

गितमा देबि घर्ती मगर र रोशन गैरेको स्वर रहेको छ भने गैरे स्वयंकै लय रहेको छ । तिजमा माईत जान नपाएका चेलिका गुनासो समेटेर गित निकालिएको जानकारी दिदै, यस अगाडि गैरी खेतैमा बोलको गीत सार्वजनिक गरी सबैको माया पाएको र यो गीतलाई पनि दर्शक श्रोताले मन् पराइदिनेमा आफूहरु आशावादी रहेको रहेको गैरेले बताए ।

गितमा आशा खड्का,शारदा गिरी,नकुल भट्टराई,कृष्ण गाहा र रोशन गैरेको अभिनय रहेको छ । शेर साउद र कृष्ण गाहाको निर्देशन रहेको गितलाइ छायांकन भने सागर गौतमले गरेका छन् । दिपक बिष्टको सम्पादन रहेको गितलाइ दृश्य निर्माण एक्सन मिडिया ग्रुपले गरेको हो। गितको अफिसियल मिडियामा सगुनपोष्ट डटकम रहेको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस।

ताजा अपडेट

खोजी गर्नुहोस