काठमाडौं । चर्चित गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ । गएको बिहिबार युट्युबमा सार्वजनिक भएको गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप लागेको हो । उक्त गीत लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्ने बताइएको छ ।
उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ । लोककवि अली मियाँको आकाशमा बादलु डम्मै छ’ मा गायक प्रेमराजा महत र हरिदेवी कोइरालाको स्वर रहेको छ ।
गायक दुर्गेशले भने उक्त अन्तरा गाउँमा सुनेको आधारमा प्रयोग गरेको बताएका छन् । यसअघि पनि दुर्गेश ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएका थिए ।