गायिका एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ तीज गीत ‘आयौं चेली’ सार्वजनिक भएको छ। घर तथा माइतीका चेलीबीच हुने सम्बन्ध प्रस्तुत गरिएको उक्त गीत आधुनिक शैलीमा मौलिक भाका र बाजामा तयार पारिएको छ ।
घनश्याम ओलीको शब्द र दिपक शर्माको संगीत अनि नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको गीतको भिडियो सरोज ओझाको निर्देशनमा तयार भएको हो । गीत ‘गज्जब टिभी’ युट्युव च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो।
‘बिहे गरी पठाउँछन् छोरीलाई घर खान, तीजमा फेरि बोलाउँछन् माइती दर खान..’ गीतको शब्दले घर र माइतीको सम्बन्ध जोडेको छ।