धादिङ । अहिले बजारमा तिजका नयाँ नयाँ गितहरु आईरहेका छन् । अमृत भारती र रमुना कार्कीको स्वरमा सजिएको ‘बेसारे माया’बोलको तिज गित बजारमा आएको छ । यस गितमा लय शब्द संकलन गायक अमृत भारतीकै रहेको छ । गीतमा संगित संयोजन कृष्ण भान्जाले गरेका छन् । बजारमा आएका अन्य गीतहरुभन्दा यो तिजको गित निकै रमाईलो तथा सन्देशमूलक रहेको गायक अमृत भारतीले बताए । गीतलाई मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन् । अभिनय सन्जिव ठकुरी र रमुना कार्कीले गरेका छन् ।
निर्देशन लिगेश भट्टराई तथा छायांकन बिरेन्द्र भट्टले गरेका हुन् । यो गित युटुवमा ‘बेसारे माया’सर्च गरेर तथा भारती पिक्चर्स युटुब च्यानल सर्च गरे पनि सुन्न तथा हेर्न सक्नुहुनेछ । गीतलाई माया गरेर हौसला दिन गायक अमृत भारतीले आग्रह समेत गरेका छन् ।