‘भिनाजुको छड्के ताल’ बोलको तिज गीत युटुवको टेनिङ नम्बर १ मा ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ श्रावण १५, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । पछिल्लो समय बजारमा आएका तिजका गितहरु मध्ये रायमाझी परिवारको ‘भिनाजुको छड्के ताल’ बोलको गीत बजारमा आएको धेरै भाको छैन । जुलाई २३ मा आएको गीतले अहिले बजार तताएको छ । धेरै ब्यक्तिको रोजाईको गित भएर नै अहिले यो गीत युटुव च्यानलको पहिलो नम्बर आउन सफल पनि भएको छ ।

अहिलेसम्म यो गितको दर्शक ११ लाख २३ हजार ३ सय ७७ पुगेको छ । नेपाली गीतसंगीतमा केहि न केहि उतार चडाब आउने गर्छन् । कतिपय गीतसंगीत राम्रा भएर चर्चा कमाएका छन् भने कतिपय गीतसंगीत नराम्रो भएर पनि चर्चासंगै लोकप्रिय भएका छन् । समाजमा भिना सालीको ठट्यौलीपनमा आधारित यो तिजको लोकगीत नक्कले भिनाजु ‘भिनाजुको छड्के ताल’ अहिले चर्चामा छ ।

अर्घाखाँची घर भएका रायमाझी परिवारले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये ट्रेण्डिङ नम्बर १ मा छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुब ट्रेडिङ भित्र आएको थियो । सार्वजनिक भएको ६ दिन भित्र गीत नेपालमा ११ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । रायमाझी परिवारको हरेक गीतले उत्तिकै चर्चा पाईरहेका छन् ।
यो गीतमा रायमाझी परिवारको मात्र हो । यस गितमा हरिमाया, बिशाल र सर्मिला रायमाझीको स्वर रहेको छ । शब्द बिशाल रायमाझीको रहेको छ । यस गितमा अभिनय बिभिन्न ब्यक्तिहरुले गरेका छन् ।

भिडियो हेर्नुहोस् :

ताजा अपडेट

खोजी गर्नुहोस