काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को अडिसन यही भदौ १५ गतेबाट सुरु हुने भएको छ । दोस्रो प्रोमो सार्वजनिक गर्दै आयोजकले अडिसन मिति घोषणा गरेको हो ।
पहिलो प्रोमो सार्वजनिक भएको केही दिनमा आयोजकले दोस्रो प्रोमो सार्वजनिक गरेको हो । पहिलो प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरेको आयोजकले दोस्रो प्रोमोमा सिजन १ का प्रतियोगीको कमेडीको पञ्च लाइनको किल्प्स काटेर राखेको छ ।